भारतको सुरतस्थित श्याम संगिनी टेक्सटाइल मार्केटमा लागेको भीषण आगलागी दुर्घटना नभई योजनाबद्ध आगजनी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ३३ वर्षीय पूर्वएकाउन्टेन्ट विनोद पण्डित सावलेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार करिब १० हजार भारु भुक्तानीको विवादपछि उनले १५० भारु बराबरको पेट्रोल प्रयोग गरी आ गो लगाएको आरोप छ। आगलागीमा करिब १४ वटा पसल प्रभावित हुनुका साथै २४ करोड भारु बराबरको कपडा जलेको बताइएको छ।
#Surat #IndiaNews #Fire #BreakingNews #ViralNews #CrimeNews #TextileMarket