दैलेखमा सुतिरहेको परिवारमाथि हँसिया प्रहार, एक महिलाको मृत्यु; चार जना घाइते!

अपराध


दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान भएको अन्धाधुन्ध हँसिया प्रहारको घटनामा एक महिलाको मृत्
यु भएको छ भने चार जना घाइते भएका छन्।
स्थानीय बमबहादुर रावलले बिहान सुतिरहेको अवस्थामा चन्द्रबहादुर पुन मगरको परिवारमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ।
आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बीमा पुनमगरको मृत्यु भएको हो। घाइते हुनेमा महेसरा पुन, लक्ष्मी पुन, तिला पुनमगर र चार महिनाकी शिशु रहेका छन्। महेसराको दुवै हत्केलामा गम्भीर चोट लागेको छ।
प्रहरीले घटनामा संलग्न आरोपित रावललाई नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।