चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुनः आमरण अनशन सुरु गरेका छन्।
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायणस्थान मन्दिर परिसरमा २५औँ सत्याग्रह सुरु गरेका हुन्।
डा. केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति नपुगी एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन्।
त्यस्तै, चिकित्सा शिक्षा आयोगका निर्णयमाथि निष्पक्ष छानबिन, सरकारी मेडिकल कलेज विस्तार, ७५ प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गर्न तथा सरकारसँग भएका पुराना सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।सरकारलाई दिएको थप समयसीमासमेत सकिँदा माग सम्बोधन नभएपछि सत्याग्रह सुरु गरेको उनले बताएका छन्।