काठमाडौँ, कात्तिक ८ गते । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न थ्री नेसन्स महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० गोलले पराजित भएको छ।
यस जितसँगै इरानले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेको छ। इरानले यसअघि पहिलो खेलमा आयोजक भारतलाई २–० ले हराएको थियो।
नेपालले अब सोमबार भारतविरुद्ध अन्तिम खेल खेल्नेछ।