हंगेरीमा पोल्यान्डका तीर्थयात्री सवार बस दुर्घटनामा, १२ जनाको मृत्यु

बुडापेस्ट । हंगेरीको एम–३ राजमार्गमा पोल्यान्डका तीर्थयात्री सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटना आइतबार बिहान करिब १ बजे बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा रहेको मेजोकेरेसतेस नजिक भएको हो। बस सडकबाट बाहिरिएर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा ५७ यात्रु र दुई चालक थिए। यात्रुहरू […]

Continue Reading

इजरायल चुनाव : नेतन्याहूलाई आइजेनकोटको ठूलो चुनौती, सर्वेक्षणमा ४ सिटको अग्रता

काठमाडौं । इजरायलको आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोटले कडा चुनौती दिने संकेत देखिएको छ। ‘द टाइम्स अफ इजरायल’को हिब्रु भगिनी वेबसाइट ‘जमान इसरायल’को पछिल्लो सर्वेक्षणमा आइजेनकोट नेतृत्वको यासर पार्टी २५ सिटसहित सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ। नेतन्याहूको सत्तारूढ लिकुड पार्टी भने २१ सिटमा सीमित हुने अनुमान छ। अर्थात् यासरले लिकुडलाई चार सिटले पछि पारेको छ। […]

Continue Reading

हुथी आक्रमणको जोखिम बढेपछि साउदीको लाल सागर हुँदै तेल निर्यातमा गोपनीयता

रियाद — यमनका हुथी विद्रोहीबाट साउदी अरबका तेल ट्यांकर तथा पूर्वाधारमाथि आक्रमणको जोखिम बढेपछि साउदी अरबले लाल सागर हुँदै गर्ने कच्चा तेल निर्यातलाई थप गोप्य बनाउन थालेको छ। रिपोर्टअनुसार, साउदी अरबको यान्बु बन्दरगाहबाट तेल बोकेर जाने केही ट्यांकरले आफ्नो स्थान देखाउने स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गर्न थालेका छन्। यसले समुद्री मार्गमा जहाजको वास्तविक आवागमन पहिचान […]

Continue Reading

इन्डोनेसियामा बालीबाट लोम्बोक जाँदै गरेको फेरीमा आगलागी, १७२ जनाको उद्धार

इन्डोनेसियामा बालीबाट लोम्बोकतर्फ जाँदै गरेको यात्रुवाहक फेरीमा बुधबार आगलागी हुँदा १७२ जनाको उद्धार गरिएको छ भने एक महिलाको मृत्यु भएको छ। लोम्बोक स्ट्रेटमा फेरीमा आगलागी भएपछि उद्धार टोलीले यात्रुहरूलाई सुरक्षित स्थानमा निकालेको हो। घटनापछि बेपत्ता हुन सक्ने यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।आगलागीको कारण भने तत्काल स्पष्ट हुन सकेको छैन।

Continue Reading

इरानी ह त्या धम्कीपछि ट्रम्पको ‘गोप्य उडान’, क्याटरिङ ट्रकबाट विमान परिवर्तन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा इरानबाट आएको सम्भावित ह त्या धम्कीका कारण अत्यन्त गोप्य सुरक्षा अपरेसनअन्तर्गत विमान परिवर्तन गरेको खुलासा भएको छ। Reuters र The Washington Post का अनुसार, ट्रम्पले टर्कीको अंकारामा पुरानो ‘एयर फोर्स वन’ मा सार्वजनिक रूपमा चढेपछि केही समयमै गोप्य रूपमा विमानबाट बाहिरिएका थिए। त्यसपछि उनलाई विमानस्थलमा […]

Continue Reading

विमान छुटेपछि दुई महिला धावनमार्गतर्फ पुगे, विमानस्थलमै हंगामा

रुसको इर्कुत्स्क जानुपर्ने उडान छुटेपछि दुई महिला विमान समात्ने प्रयासमा विमानस्थलको एप्रोन क्षेत्रतर्फ पुगेका छन्। विमानलाई गेटबाट हटाइसकेपछि उनीहरू विमानतर्फ जान खोजेपछि ग्राउन्ड स्टाफले विमान सार्ने काम तत्काल रोकेका थिए। घटनापछि विमानस्थलमा प्रहरी बोलाइएको थियो। सुरक्षाकर्मीले दुवै महिलालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेका छन्।असफ रोजेनको रिपोर्ट।

Continue Reading

युद्धपछि पहिलोपटक मोज्तबा खामेनीको भिडियो सार्वजनिक

तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनी युद्धपछि पहिलोपटक सार्वजनिक भिडियोमा देखिएका छन्। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको करिब १२ सेकेन्डको भिडियोमा खामेनी भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ। यो भिडियो उनको स्वास्थ्य अवस्थाबारे विभिन्न रिपोर्ट र चर्चाबीच सार्वजनिक भएको हो। तर भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने खुलाइएको छैन, त्यसैले यसले उनको वर्तमान […]

Continue Reading

हेलिकप्टर दुर्घटना, ४ जनाको मृ त्यु

हेलिकप्टर दुर्घटना, ४ जनाको मृ त्युब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृ त्यु भएको छ। शनिबार भएको दुर्घटनामा पाइलटसहित एउटै परिवारका तीन कोलम्बियाली महिलाको ज्यान गएको कोलम्बियाली कन्सुलले पुष्टि गरेका छन्।उनीहरू तिजुका राष्ट्रिय निकुञ्जमाथि घुम्नका लागि हेलिकप्टरमा उडिरहेका बेला दुर्घटना भएको हो। दुर्घटनापछि रियोका मेयरले शहरमा हुने हेलिकप्टर उडानको सुरक्षा निगरानी कडा […]

Continue Reading

चीनको व्यापारिक शक्ति ऐतिहासिक उचाइमा

चीनको व्यापारिक शक्ति ऐतिहासिक उचाइमा! चीनले एकै वर्षमा विश्वभर ३.७७ ट्रिलियन डलर बराबरका वस्तु निर्यात गरेको र १.१९ ट्रिलियन डलरको व्यापार बचत गरेको बताइएको छ। यसले विश्व व्यापारमा चीनको विशाल प्रभाव देखाउँछ। इलेक्ट्रोनिक्स, मेसिनरीदेखि उपभोक्ता तथा औद्योगिक सामग्रीसम्म चिनियाँ सामान विश्वका लगभग सबै प्रमुख बजारमा पुगिरहेका छन्। यससँगै प्रश्न उठेको छ—के चीन विश्व व्यापारमा अत्यधिक […]

Continue Reading

थाइल्यान्डमा १४ वर्षीय किशोरको गोलीकाण्ड : ८ जनाको मृत्यु, कडा बन्दुक कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा

बैंकक । थाइल्यान्डमा १४ वर्षीय किशोरले बन्दुक चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये आक्रमणकारी किशोर स्वयं पनि रहेका छन्। राजधानी बैंककनजिकैको नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार किशोरले गोली चलाउँदा पाँच जना विद्यालयका कर्मचारीको मृत्यु भएको थियो। त्यसअघि उनले आफ्नै घरमा हजुरबा–हजुरआमालाई गोली हानेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार […]

Continue Reading