बाँकेको अम्बे स्टिलमा भीषण आगलागी, १ करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार राति करिब १:३० बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक विवरण छ। नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा करिब एक घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा […]

Continue Reading

साउदी अरबको तेल खानीमा आक्रमण हुँदा एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबको शैबाह तेल खानीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको शैबाह तेल खानी क्षेत्रमा ड्रोन आक्रमणको प्रयास भएको थियो। हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई रोकेपछि त्यसका अवशेष […]

Continue Reading

सलमान खानलाई मन्दिरमा आएर माफी माग्न बिश्नोई समुदायका नेताको आग्रह

मुम्बई।बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनापछि अभिनेता सलमान खान र बिश्नोई समुदायबीचको पुरानो विवाद पुनः चर्चामा आएको छ। जोधपुरका बिश्नोई समुदायसँग सम्बन्धित नेता देवेन्द्र बुडियाले सलमान खानलाई मन्दिरमा आएर समुदायसँग माफी माग्न आग्रह गरेका छन्। भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले माफी माग्दैमा कसैको प्रतिष्ठा घट्ने नभई संवादमार्फत विवाद समाधानको बाटो […]

Continue Reading

ब्रेन ह्यामरेजपछि किम जोङ उनको मृत्यु भएको हल्ला, उत्तर कोरियाले सार्वजनिक गर्‍यो नयाँ तस्बिर

Writing ब्रेन ह्यामरेजपछि किम जोङ उनको मृत्यु भएको हल्ला, उत्तर कोरियाले सार्वजनिक गर्‍यो नयाँ तस्बिर उत्तर कोरियाली नेता किम जोङ उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको दाबी सामाजिक सञ्जालमा फैलिएपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेको छ। तर, उनको मृत्यु भएको दाबी पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन। अमेरिकामा बस्ने चिनियाँ असन्तुष्ट नेता वानजुन सिएले […]

Continue Reading

समाजका वास्तविक घटना र मानवीय संवेदनाको कथा बोकेर आयो ‘कथा अझै बाँकी छ’

काठमाडौं। समाजमा घट्ने वास्तविक घटना, मानवीय सम्बन्ध र जीवनका भावनात्मक उतारचढावलाई समेट्दै नयाँ नेपाली टेलिसिरियल ‘कथा अझै बाँकी छ’ दर्शकमाझ आएको छ। प्रकृति फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिरियलको पहिलो भाग यसै साता आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।समाजका विविध पक्षलाई कथात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको सिरियलले मानिसको जीवनमा आइपर्ने घटना, सम्बन्धमा आउने परिवर्तन […]

Continue Reading

आत्मविश्वास नै सफलताको पहिलो पाइला

आत्मविश्वास नै सफलताको पहिलो पाइला मानिसको जीवन सम्भावनाहरूको सुन्दर सङ्गम हो। हरेक मानिसभित्र केही न केही गर्ने क्षमता, सपना देख्ने आँट र आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने सम्भावना लुकेको हुन्छ। तर सबै मानिसले आफ्नो क्षमतालाई चिन्न सक्दैनन्। कतिपय मानिस अवसर नIपाएर पछाडि पर्छन् भने कतिपय अवसर पाएर पनि आफूले गर्न सक्छु भन्ने विश्वासको अभावमा अघि बढ्न […]

Continue Reading

ओलीको भनाइ : ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही दशक पछाडि धकेलियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान असफल नभए पनि लक्ष्य प्राप्तिको यात्रा केही दशक पछाडि धकेलिएको बताएका छन्।ओलीले पछिल्लो वर्षका घटनाक्रमले विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना गरेको दाबी गरेका छन्। उनले सडकमा अलपत्र बालबालिकाको संरक्षण र असहाय नागरिकलाई सहयोग गर्ने कामलाई सामाजिक सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा […]

Continue Reading

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ

सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। प्रहरीका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो।प्रहरीले थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन […]

Continue Reading

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, १९ जना घाइते

पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छत खस्दा २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बिहीबार बिहान कक्षामा विद्यार्थीहरू पढिरहेका बेला अल–खैर विद्यालयको छत खसेको हो। मृत्यु हुनेमा २८ जना विद्यार्थी र एक शिक्षिका रहेका छन्।घटनापछि उद्धार टोलीले भग्नावशेष हटाएर उद्धार कार्य पूरा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक अनुसन्धानमा भवनको संरचना […]

Continue Reading

विराटनगर कारागारमा भेट्न गएका दुई महिलाबाट ४८० थान लागुऔषध बरामद!

मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शङ्कास्पद लागुऔषधका ट्याब्लेट बरामद भएका छन्।बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएका ट्याब्लेट फेला परेका हुन्। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङबाट हरियो रङका २४० र सुन्तला रङका […]

Continue Reading