काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा ५५५ मत परेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचनमा कुल ५५५ मत खसेको हो।निर्वाचनमा दिउँसो २ः३० बजेसम्म एक चौथाई मत खसेको जानकारी एमाले नेता कुसान लामाले दिए।
एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता छन्। भित्र मतदान भइरहेको बीचमा, बाहिर नयाँ नेतृत्वका लागि नेता र कार्यकर्ताले मत मागिरहेका छन्।