कोशी प्राइड लिग (केपीएल) फागुनमा आयोजना हुने

खेलकुद

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ।

कोशी प्राइड प्रालिको आयोजनामा फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा प्रतियोगिता सञ्चालन गरिनेछ। केपीएलका निर्देशक अफजल हुसैनका अनुसार यसपटकको संस्करणमा सात वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

आयोजित पत्रकार सम्मेलनमा टिम मालिकहरूको विवरण पनि सार्वजनिक गरिएको छ। नमुना ब्लास्टर्सका धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित ढकाल, बिर्तामोड हिट्सका अनुराग प्रमानिक, पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नाका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई टिम मालिक रहेका छन्।