सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउन तयारी थालेको बताएकी छन्। पुरानो नीति समयानुकूल नभएकाले नयाँ नीति आवश्यक भएको र यसलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय भएको उनको भनाइ छ।

उनले मानसिक स्वास्थ्य सेवा विस्तारसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आर्थिक अवस्था र मानव स्रोतलाई ध्यानमा राखेर समय निर्धारणसहित महाशाखा गठन गरिने स्पष्ट पारिन्।