काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४२ वर्षको उमेरमा उनको आज दिल्लीमा असामयिक मृत्यु भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन्।
भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङ संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय थिए। उनले केही नेपाली चलचित्रहरूमा अभिनय गरेका थिए।
घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो। उनी पत्नी र एक छोरीसहितको परिवार छाडेर संसारबाट विदा भएका छन्।
हालै मात्र तामाङ बलिउड अभिनेता सलमान खानको एक चलचित्रमा खलनायकको भूमिकामा देखिन लागेका थिए।