नारी सचेतना

विचार

आउँछ तस्बिर तिम्रो गुलाफ झैं फुलेकी
परिश्रम गर्न सन्तानको निम्ति दिनरात भुलेकी।
लुकाइ आफ्नो दुख सन्तानको निम्ति खुलेकी
खुसी देख्न आफ्नतालाई दिनरात भुलेकी।

अहिले समाजमा दानवरूपी दुशासन जताततै बिगबिगी छ।
अस्तित्व जोगाउन नारीको कृष्णरुपी हातको कमी छ।
रजस्वला प्रसवको पिडाले भन्द बढी पिडा दिन थाल्यो ।
बनाएका तिम्रा कुसंस्कार कुरितीले घाटी थिच्न थाल्यो ।

बोक्सी आरोपमा अपहेलित शब्दको प्रहार गछौ ।
छाउपडी दाइजो निहुँमा अझै कति नारी मार्छौ ।
तिमी आफैं बनेका छौ मेरो नै महिनाको रगतको डल्लाले
नारी चहीँ अशुद्ध तिमी शुद्ध छौ ।

 तिम्रा कुराले हुन्छ प्रहार एसिडको नारी माथि कयौं पटक 
  उठ्नुपर्छ अव नारी  आफै उठाई आफ्नो सहास 
   लड्नुपर्छ हिँसा विरुद्ध अस्तित्वको खोजी गर्नुपर्छ ।
    अगाडी बढ्न तिमी आफ्नो मार्ग आफै कोर्नुपर्छ।

गाउँघर सहरतिर चेतनाको बिउँ तिमी छर
अत्याचार हिँसाको हुनेछ ।
आफै हार
नारीले चालेका पाइलामा तिमीले अर्को पाइला चालिदेऊ ।
नारीले थामेको हातहरूमा तिम्रा हातहरू थामिदेऊ।

 नारीले  हिँसा अत्याचार समाजबाट नै निर्मूल पारिदेऊ ।
  हातमा हात मिलाई परिवर्तनको ढोका खोलीदेऊ  ।
    बनाई कानुन कडा नारी हिँसाको समाजबाट उन्मूलन गरिदेऊ।
     हातमा हात मिलाई परिवर्तनको ढोका खोलीदेऊ।

पुजा बधु