काठमाडौँ, २७ पुस । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन् । विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सम्मान अर्पण गरे ।
समारोहमा मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख, राष्ट्रसेवक र सर्वसाधारणको उपस्थिति थियो । नेपाली सेनाले सलामी दिएको कार्यक्रममा जुलुससहित सम्मान अर्पण गरिएको थियो । आमसर्वसाधारणबाट पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम जारी छ ।