एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा सरकार कडा, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको निर्देशन

समाचार

त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्। घटनाको अनुसन्धानका लागि त्रिविले नेपाल प्रहरीको साइबर ब्युरोसँग पनि समन्वय सुरु गरेको छ।