बागलुङको बडिगाड गाउँपालिका–१ मा १७ वर्षीय लजिन थापाको हत्या गरेको आरोपमा प्रहरीले उनका चार जना साथीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन १ गते जन्मदिन मनाउने क्रममा लजिनलाई एकान्तमा लगेर आइफोन लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरिएको थियो। घटनापछि शव मनखोलाको खोल्सामा फालिएको थियो भने अनुसन्धानबाट बच्न आरोपितहरूले लुटिएको आइफोन पुनः शवसँगै राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
परिवारले बेपत्ता भएको उजुरी दिएपछि गरिएको खोजतलासका क्रममा साउन ९ गते लजिनको शव फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन पक्राउ परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।