धरानमा ल्याब टेक्निसियन लुना अधिकारीको निधन, उपमहानगरपालिकामा शोक बिदा

स्वास्थ्य

धरान । धरान उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्यचौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको निधन भएको छ।

अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै धरान उपमहानगरपालिकाले सोमबार नगर कार्यपालिकामा शोक बिदा दिएको जनाइएको छ।

प्राप्त विवरणअनुसार सामान्य पेट दुखेपछि अधिकारीले प्यान्टोप्राजोलको सुई लगाएकी थिइन्। सुई लगाएपछि उनलाई गम्भीर एलर्जी प्रतिक्रिया (Anaphylactic Shock) देखिएको र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।

घटनाबारे थप आधिकारिक विवरण तथा चिकित्सकीय कारण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।