परिवारलाई खुसी बनाउने सपना बोकेर पोर्चुगल पुगेका नेपालीको दुर्घटनामा मृत्यु

प्रवास

पोर्चुगलमा सवारी दुर्घटनामा परी रुकुम पूर्वका ४३ वर्षीय राजेश पुनको मृत्यु भएको छ।

सिस्ने गाउँपालिका–४ दादिङ निवासी पुन विगत ७–८ वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। पारिवारिक स्रोतका अनुसार ड्युटी सकेर स्कुटरमा कोठातर्फ फर्किने क्रममा पछाडिबाट तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको मृत्यु भएको हो। उनीसँगै स्कुटरमा रहेका अर्का व्यक्ति पनि घाइते भएका छन्।

पुनको निधनले परिवार, आफन्त तथा पोर्चुगलमा रहेका नेपाली समुदायमा शोक छाएको छ।