युक्रेनमा रुसी क्षेप्यास्त्र आ क्रमण, ५ जनाको मृ त्यु

विश्व

रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५ जनाको मृ त्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन्।

युक्रेनी अधिकारीका अनुसार आक्रमणमा आवासीय भवन, गोदाम र औद्योगिक क्षेत्र क्षतिग्रस्त भएका छन्। भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ। किएभका मेयर भिताली क्लित्स्कोका अनुसार बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ।

आक्रमणका कारण किएभ क्षेत्रमा हजारौँ घरको विद्युत् आपूर्ति अवरुद्ध भएको छ। पछिल्ला केही सातादेखि किएभले लगातार रुसी हवाई आक्रमणको सामना गर्दै आएको छ।

युक्रेनले पनि रुसमाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ। सन् २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अझै जारी छ।