रसुवा बाढीबाट क्षतिग्रस्त सडक तथा आवागमन पुनःस्थापनाका लागि चीनले बेलीब्रिजका सामग्रीसहित विभिन्न आपत्कालीन राहत सामग्रीनेपाललाई उपलब्ध गराएको छ।
चीनको सिजाङ क्षेत्रबाट बेलीब्रिजका प्यानल, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिमलगायत सामग्री नेपालतर्फ पठाइएको हो।