दोस्रो ठमेल भेट्रान पर्यटन कप आजदेखि सुरु हुँदै

खेलकुद


काठमाडौंको लैनचौर फुटबल मैदानमा आजदेखि एक्सट्रिम इनर्जी ड्रिंक दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ सुरु हुँदैछ। ४५ वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुने प्रतियोगिता असोज ७ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
खेलकुदमार्फत सक्रिय जीवनशैली, आपसी मित्रता र सामुदायिक सहभागिता प्रवर्द्धनसँगै ठमेल तथा काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
ठमेल पर्यटन विकास समितिका अध्यक्ष बाब्लु रञ्जितले NP Online TV लाई प्रतियोगिताबारे जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट गोलकर्ता, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
#ThamelTourismCup #Thamel #VeteranFootball #Tourism #Football #NPOnlineTV