काठमाडौं । भारतको बिहार राज्यमा गंगा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। मृतक अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार साँझ बिहारको वैशाली जिल्लास्थित राघोपुर क्षेत्रमा उक्त दुर्घटना भएको हो। डुङ्गामा करिब १५ देखि २० जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्राप्त समाचारअनुसार उनीहरू नदीपारिको गाउँमा आयोजित भोजमा सहभागी हुन जाँदै थिए। सोही क्रममा डुङ्गा नदीमा पल्टिएपछि यात्रुहरू डुबेका थिए।
दुर्घटनापछि स्थानीय प्रशासन तथा उद्धार टोलीले खोजी र उद्धार कार्य सञ्चालन गरेका छन्। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट जनही चार लाख भारतीय रुपैयाँ सहायता उपलब्ध गराउने बताएका छन्
दुर्घटनासम्बन्धी तस्बिरहरू
Add to Favorites