काठमाडौंको काडाघारीबाट निस्किएका रामबहादुर बलायर सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

समाचार

काठमाडौं — काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्क क्षेत्रबाट चिया खान भन्दै घरबाट निस्किएका रामबहादुर बलायर सम्पर्कविहीन भएका छन्।

डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका करिब ५०–५५ वर्षीय बलायर असार २६ गते बिहान करिब ५ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेको र प्रहरीलाई पनि जानकारी गराएको जनाएको छ।

परिवारका अनुसार उनी बोल्न र सुन्न सक्दैनन्। हराउँदा उनले कालो टोपी, हल्का निलो टी–सर्ट, कालो ट्राउजर र कालो जुत्ता लगाएका थिए।

उनीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको ९७०७६३१२४६ अथवा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।