भनिन्छ ” महिला नै महिलाको सबै भन्दा ठूलो सत्रु भनेर यसो हेर्दा त साच्चै हो जस्तो लाग्छ तर यसको बिषयलाई धेरै गहिराईमा पुगेर सोचनु पर्न हुन्छ।एउटि आमाले छोरी लाई भन्दा छोरा लाई बढि प्राथमिकता दिएको पाईन्छ ।छोरी लाई घरको काम मा लगाउने कम स्वतन्त्राता दिने चुले चौका मा सिमीत गर्न खोछिन्न । सासुले बुहारीलाई आफ्नो अधिनमा राख्न चाहन्छिन अथवा नोकर बनाउन चाहन्छिन ।यहा सम्म कि बुहारी को हत्या गर्न षड्यन्त्र सम्म को जाल रच्न समेत पछि पदिनन ।र आमा छोरि बिचको आपसि तनाव पनि निकै दर्दनाक पीडादायक हुन्छ ।
एउटि आमाले बच्चा लाई नै महिना सम्म पिडा र बेदना दु:ख कष्ट सहेर पेटमा राखछिन र बच्चा जन्मे पछि छोरी को जन्म भयो भनेको सुन्दा ती आमाको मनमा आउने उमङ यती धेरै सकुचित हुन्छ ।मानै म पनि छोरि नै हो भन्ने कुरा बिसिन्छीन ।प्रसव बेदना पिडा भन्दा पनि समाजको अपहेलना घरपरिबार को व्यवहार डर त्रास बढि हुन्छ यो सबै दोष पितृसत्तात्त्मक व्यवस्था कै उपज हो ।
बुबाले प्रत्यक्ष रुपमा छोरीलाई कुनै कुरामा बन्धन लगाउदैन्न तर यो सबै काम आमाबाट गराउछ्न र आफु राम्रो बन्दछ्न ।हुन त आमा एक स्वयम महिला हुन ।उनले महिलाको छोरी हरुको संम्पुण दु: ख पिडा राम्ररि भोगिकि पनि छ्न । आमा लाई यो कुरा हरहमेसा ध्यान हुन्छ कि मेरो छोरि लाई अन्याय अत्याचार नपरोस ।समाजमा कसैले पनि उसलाई कुनै प्रकारको चरित्रहिन भएको आरोप लान्छ्ना नलगाहोस र उ सधै पबित्र रहोस र कसैले पनि यो भन्न्न नपाओस कि तेसकि आमाले केहि सिकाएकि भए पो गछे र केहि गर्न जान्दछे र । छोरिलाई सिकाउने बुझाउने सबै जिन्मेबार आमाको टाउकोमा थुपारीएको हुन्छ हुनत नैतिकताको अनुशासन को सम्म्पुण
पाठ छोराछोरी लाई आमाले मात्र सिकाउछिन यो सबै आमाको कतब्य जिम्मेबार बन्छ।
तर एउटि आमाको मनभित्र पसेर खोतल्ने हो भने साचो कुरा थाहा हुन्छ। उनको मनमा पीडा दुख कष्ट बेदना पाउन सकिन्छ ।यसको लागि ती आमाले आफ्नो मनको िपडा बेदना उकाल्न सक्ने आट गर्नु पर्छ ।र भन्नु पर्द्छ कि म पढे लेखेको भय र आफ्नो खुट्टामा उभिन सक्ने भएको भए यस्तो िपतृसत्तात्मक सोच दर्दनाक पीडा सहेर बस्ने थिईन धेरै आमाहरुले भन्ने गर्छन मलै गर्न नसकेको काम मेरो छोरि हरुले गरुन तर उनिहरुमा आफनि छोरी हरु लाई स्वालम्मबि बनाउन र सशत्त बनाउन सक्ने सामत्थ छैन किन कि बास्तवमा महिलाहरु िपतृसत्ताको यो ढाँचामा डृबिरहेको छ्न्न ।
जहा सम्म सासू बुहारीको सम्बधको कुरा छ ।यस सम्बन्धमा साथी सग कुरा गर्न क्रममा उनले भनेको कुरा यहा प्रस्तुत गर्न खोजेको छु ।उनले मलाई भनेकि थिईन जसरि दुई गरिब देशको लडाईमा जहिले पनि धनि देश को हात हुन्छ त्यस्तै दुईवटि महिलाहरुको झगडामा प्राय जसो पुरुष को हात हुन्छ सासू बुहारीको सम्मबन्ध लाई पनि गहिराई (अन्तरआत्मा) बाट बिचार गर्नु पर्छ एउटि सासुको सोचाई के हुन्छ भने बुहारी आईभने छोरालाई उसले आफ्नो बनाउछे आफ्नो कब्जामा राख्छे भन्ने सोच हुन्छ बुहारी पनि पछि गएर सासू भएर कुनै अर्को महिलामाथी आफ्नो राज चलाउन थाल्छे जुन महिलालाई कहिल्ले पनि राज चलाउने अवसर मिलेको थिएन ।अनि उनले यो प्रकियालाई गलत ढंग बाट चलाउने सम्मभावना बढि हुन्छ ।
हुन त महिला पनि मानव हो उसमा पनि सस्कार छ उनमा पनि यहि कमजोरि छ जो सबै सग छ। उनि पनि पितृसत्तात्मक बिचारधाराको शिकार भएकि छिन ।अनि त्यो गलत सोच उनिमा पनि नशा नशा मा रहेकै हुन्छ ।
उनि पनि छोरा को आमा हुनु लाई सोभाग्य ठान्दछिन ।र बुहारीको पनि आफ्नो खुसिले आफ्नो घर चलाउन सकु भन्ने चाहना हुन्छ बुहारीको पनि बिबाह पश्चचात मेरो घर मेरो खुसि ले सच्चालन गर्न सकु भन्ने भाबना हुन्छ उनि पनि आफ्नो खुसी ले खान लगाउन हिडन डुल्न आफ्नो खुसि ले गर्न सक्ने चाहना हुन्छ र यसै बिषयमा सासू बुहारीको बिच बिवाद सुरु हुन्छ। यो बिवाद ले नै समाज मा ठृलो दुघटना भइरएको छ र कती महिला छोरी चेली ले ज्यान समेत गुमाएका छन ।
महिला पनि पितृसतात्मक सरचनाको एउटा हिस्सा हुन्न हजारौ बर्सदेखि नै महिलाहरुले यहि सुने देखे यहि भोगे धर्म ले पनि उनिहरुलाई त्यहि पितृसत्ताकौ बारेमा सिकायो ।अहिले को समाज परिबतनमुखि बन्दौ गएको छ र यस्ता कुरामा महिला हरु ले आफै सुधार गर्दौ लानु पर्दछ । र आफै परिवतन भएर यस्ता नकारात्मक सोच बिचार लाई हटाउदै जानू पर्दछ ।
हाम्रो समाज मा पुरुषलाई सुर्यको जस्तो मान्यता दिइन्छ र महिलालाई उपग्रह जस्तो सुर्य को आफ्नो चम्मिकलो
ज्योति छ भने उपग्रहले ज्योती सुर्य बाट प्राप्त गर्दछ । अनि त्यसै गरि सासू बुहारी नन्द आमाजु सबै ले पुरुष बाट उज्याले पद प्रतिषठा पाउन प्रयास गदछ्न ।एउटौ पुरुष माथि निभर रहेका महिलाहरु सासू बहारी नै किन नहुन सत्ताको लडाई मा एक अर्को बिच ठुलो बैरभाव सिजना हुन्छ ।तर यदि महिलाहरु को आफ्नो आफ्नो प्रकाश हुन्थ्यो र पद र पेटको लागि पुरुषमा निभर रहनु पदैनथ्यो भने यस प्रकारको लडाई नै हुने थिएन ।यसकारणले महिला हरुको एक अर्को सग को शत्रुता पुरुष प्रधान समाज ढंाचाको उपज हो ।
महिलाहरुको कमजोरि अशिक्षित र हिनता बोधको कारण हो ।
एउटा शसत्त आत्मानीभर खुसि महिला कहिल्यै पनि अर्को महिला सग शत्रुता गदिनन्न।
बिनिता अधिकारी