दुःखद खबर: बिर्तामोडमा महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला

अपराध

झापा | साउन १९

झापाको बिर्तामोड नगरपालिका–१०, पश्चिम विराटपोखर क्षेत्रमा एक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ।

सोमबार (साउन १९) बिहान स्थानीयले कदमको रुखमा शव झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकको पहिचान तथा घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।