आज स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै, वैज्ञानिकहरू निगरानीमा

विज्ञान/प्रविधि

एजेन्सी | काठमाडौं

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोग भइसकेको दोस्रो चरण (Upper Stage) आज चन्द्रमाको सतहमा अनियन्त्रित रूपमा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका अनुसार उक्त रकेटको करिब ४–५ टन तौल भएको भाग चन्द्रमाको पश्चिमी क्षेत्रमा रहेको आइन्स्टाइन (Einstein) क्रेटर नजिक करिब ८,७०० किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किने अनुमान गरिएको छ। (

यो रकेट सन् २०२५ मा चन्द्रमातर्फ दुई निजी ल्यान्डर पठाउन प्रक्षेपण गरिएको थियो। मिशन पूरा भएपछि पृथ्वीमा फर्काएर नष्ट गर्न पर्याप्त इन्धन नभएकाले यसको दोस्रो चरण अन्तरिक्षमै अनियन्त्रित रूपमा भौंतारिँदै आएको थियो। सूर्य र चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावका कारण अन्ततः यसको मार्ग चन्द्रमातर्फ मोडिएको हो।

वैज्ञानिकहरूका अनुसार ठोक्किँदा चन्द्रमाको सतहमा नयाँ क्रेटर बन्ने र ठूलो मात्रामा धुलो उड्ने सम्भावना छ। यद्यपि यो घटना पृथ्वीका लागि कुनै खतरा नभएको नासाले स्पष्ट पारेको छ। बरु, यसलाई चन्द्रमाको सतह र अन्तरिक्षीय ठक्करको प्रभाव अध्ययन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यद्यपि ठोक्किने क्षण सामान्य आँखाले पृथ्वीबाट देख्न कठिन हुने बताइएको छ। नासा र विभिन्न वेधशालाहरूले टेलिस्कोप तथा अन्तरिक्ष यानमार्फत घटनाको अवलोकन गरी प्राप्त तथ्यांक वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्ने तयारी गरेका छन्।space.com