काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेका वृद्ध दम्पती अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र स्थानीयवासीको सहयोगमा निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुलीले आफ्नी ६७ वर्षीया अपांग श्रीमती तिलकुमारी पराजुलीलाई पिठ्युमा बोकेर सुनकोशी नदीमा हामफालेका थिए।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बेपत्ता दम्पतीको खोजीका लागि सुरक्षा निकायले नदी क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।