लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचयपत्र देखाउँदै खैरो हेरोइन ओसारपसार गरेको आरोपमा तीन जनालाई सिन्धुलीबाट पक्राउ गरेको छ।
बुधबार दुधौली नगरपालिका–९ बाट बा१६ च ७८४६ नम्बरको कारसहित पक्राउ परेकामध्ये चालक उमेश कुमार यादवको साथबाट ‘जनजागरण खबर’को पत्रकार परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारको गियर बक्समा लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय डकाहाले थप अनुसन्धान गरिरहेको छ।