रसुवा बाढी : आफन्तको खोजीमा अस्पताल धाउँदै परिवार

समाचार

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कसैले मोबाइलमा भएका आफन्तका तस्बिर देखाइरहेका छन्, कसैले अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन्।

“कतै यही अस्पतालमा घाइते अवस्थामा भेटिन्छन् कि…” भन्ने आशामा परिवारहरू अस्पताल–अस्पताल पुगिरहेका छन्।

सोनाम तामाङ र रूपा घले आफ्ना ७ जना आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन्। बाढीपछि स्याफ्रुबेँसी र टिमुरे क्षेत्रबाट धेरै मानिस सम्पर्कविहीन भएको बताइएको छ।