लिभरपुल, युके।
वैदेशिक रोजगारीका क्रममा बेलायतको लिभरपुलस्थित Parfetts Cash & Carry मा वेयरहाउस (Warehouse) कर्मचारीका रूपमा कार्यरत नेपाली युवाहरूले नेपालका बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्। सञ्जय लामाको अध्यक्षतामा सञ्चालित अभियानमार्फत उनीहरूले आपसमा रकम सङ्कलन गरी १,१७० पाउन्ड (रु २,३६,३४०) आर्थिक सहायता पठाएका हुन्।
नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोले पुर्याएको क्षति तथा पीडितहरूको पिडालाई मध्य नजर राख्दै Parfetts Cash & Carry मा कार्यरत साथीभाइहरू मिलेर स्वतःस्फूर्त रूपमा यो राहत अभियान सुरु गरेका थिए। दिनभर वेयरहाउसको कठिन श्रममा व्यस्त रहने युवाहरूले आफ्नो मिहिनेतको कमाइबाट रकम बचाएर तथा एक-अर्कासँग सहयोग जुटाएर यो राहत कोष तयार पारेका हुन्।
parfetts nepali family को तर्फ बाट सन्जय लामाको अगुवाइमा प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ।
अभियानका अध्यक्ष सञ्जय लामाले भने, “हामी बेलायतमा पसिना बगाउँदै गरे पनि हाम्रो मन र भावना सधैँ नेपालमै हुन्छ। देशमा विपत्ति पर्दा प्रवासबाट सानो भए पनि मलम लगाउने प्रयास गरेका हौँ। हाम्रा सबै साथीहरूको यो सानो योगदानले बाढीपीडित परिवारलाई केही राहत पुग्नेछ सङ्कलित रकम नेपालका वास्तविक बाढीपीडितसम्म पारदर्शी र सुरक्षित रूपमा पुर्छ भन्नेमा विश्वास छ।”
Parfetts Cash & Carry मा कार्यरत नेपाली युवाहरूको यो परोपकारी कदमको बेलायतस्थित नेपाली समुदाय तथा स्थानीय सङ्घ-संस्थाहरूले उच्च प्रशंसा गरेका छन्।