प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्।
अक्टोबर १४ मा आयोजना हुने ‘ग्लोबल थ्रेड एलायन्स (जीटीए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा क्यापिटल राउन्डटेबल’मा सहभागी हुन उनी मंगलबार बैंकक गएकी हुन्। सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
दक्षिण तथा दक्षिणपूर्वी एसियाको कपडा उद्योगलाई वातावरणमैत्री बनाउने, कार्बन उत्सर्जन घटाउने, हरित प्रविधिको प्रवर्द्धन गर्ने तथा क्षेत्रीय सहकार्य बढाउने विषयमा सम्मेलनमा छलफल हुनेछ।
राना मगर बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।