इलाम, भदौ २४ । नेपाली कांग्रेसबाट निर्वाचित इलामको माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्ष राम घिमिरेको पद खारेज भएको छ।
कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले २०८२ फागुन २३ गते एमाले प्रवेश गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन आयोगमा दल त्यागसम्बन्धी उजुरी तथा निर्णय पेस गरेको थियो। त्यसकै आधारमा निर्वाचन आयोगले घिमिरेको वडाध्यक्ष पद रिक्त हुने निर्णय गरेको हो।