काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा ल्याएको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाए।
यसअघि खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा खेल नियन्त्रणमा राखेको अर्जेन्टिनामाथि दोस्रो हाफमा स्विट्जरल्यान्डले लगातार दबाब बनाउँदै बराबरी गोल फर्काएको हो। खेल जारी रहँदा दुवै टोली सेमिफाइनल यात्रा सुनिश्चित गर्ने निर्णायक गोलको खोजीमा छन्।