लियोनेल मेस्सीलाई ठूलो शोक, ६८ वर्षको उमेरमा पिता जर्जको निधन

खेलकुद

लियोनेल मेस्सीलाई ठूलो शोक, ६८ वर्षको उमेरमा पिता जर्जको निधन

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक स्वास्थ्य संस्थामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जर्ज मेस्सी छोराको फुटबल करियरका प्रमुख सहयोगी तथा लामो समयका प्रतिनिधि थिए। मेस्सीलाई बाल्यकालदेखि नै फुटबल यात्रामा साथ दिएका जर्जको निधनले विश्व फुटबल जगतमा शोक छाएको छ।