काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावअघि पार्टीले गरेको आकलन गलत हुनुको मुख्य कारण जनताको भावना र समस्या बुझ्न नसक्नु रहेको बताएका छन्।
शनिबार आयोजित कार्यक्रममा पोखरेलले ‘हामीले जनताको मन पढ्न सकेनौँ, जनताको कुरा बुझ्न सकेनौँ, त्यसैले हाम्रा रिपोर्टहरू गलत भए’ भन्दै पार्टी अब जनताको घरदैलोसम्म पुग्नुपर्ने बताए।
उनले जनताका समस्या र गुनासा बुझेर समाधानका लागि काम गर्न सके मात्रै पार्टीप्रति जनताको विश्वास बढ्ने बताए। साथै, बदलिँदो समय र जनताको चाहनाअनुसार एमालेले आफ्ना नीति र काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए।