काठमाडौँ। डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ बी.पी.नगर निवासी पदमराज जोशी सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका एक परिचित व्यक्तित्व हुन्। नेपाली कांग्रेसका क्रियाशील नेता जोशीलाई जिल्लामा इमानदार, निष्ठावान र विकासप्रेमी नेताका रूपमा हेरिने गरिएको छ।
पार्टीको टिकट वितरण गर्दा नातावाद कृपावाद पक्षपात हैन इमान्दार मानिसको कदर गरी वितरण हुनुपर्छ चुनावमा पार्टीको टिकट वितरण वितरण गर्दा नातावाद कृपावाद होईन इमान्दार मानिसको कदर र मूल्याङ्कन गरी टिकट वितरण गरिनुपर्छ भन्ने उहाँको ठम्याइ रहँदै आएको छ। यही साल हुन गइरहेको आसन्न निर्वाचन २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उहाँ डोटी जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट सिफारिसमा पर्नुभएकोले डोटेली बासिको तर्फबाट प्रत्यासी हुदै चुनावी प्रक्रियाबाट चुनिने कुरामा मतदाताहरूमा दुई मत छैन । डोटेली जनताले अमूल्य अभिमत दिने र विजय गराउने उहाँले आशा राख्नु भएको छ । केन्द्रले टिकट वितरण गर्दा जनताको कदर गरी वितरण गर्ने टिकटको महत्त्व बेग्लै किसिमको हुने उहाँको धारणा रहेकोे छ।
वि.सं. २०१६ सालमा स्वर्गीय रामचन्द्र जोशी र कृष्णादेवी जोशीको कोखबाट जन्मिएका पदमराज जोशी पाँच भाइ र तीन बहिनीमध्ये कान्छा छोरा हुन्। स्नातक तहसम्म अध्ययन गरेका जोशी सामाजिक कार्यमा सानै उमेरदेखि सक्रिय रहँदै आएका छन् । जोशी २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। जनमत संग्रहदेखि विभिन्न राजनीतिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन तथा पछिल्ला राजनीतिक परिवर्तनसम्म उनले सक्रिय भूमिका निर्वाह गरेका छन्।२०३६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका जोशी हाल महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जनसम्पर्क विभागमा जिम्मेवारी सम्हालिरहेका छन्।
शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जोशीको योगदान उल्लेखनीय छ उनले विभिन्न विद्यालयमा भौतिक पूर्वाधार निर्माण,शैक्षिक सामग्री वितरण, छात्रवृत्ति कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालनमा सक्रिय भूमिका खेलेका छन्।कोरोना महामारीको समयमा विपन्न समुदायलाई स्वास्थ्य सामग्री वितरण गरी राहत पुर्याएका थिए।नेपाल–भारत मैत्री सम्बन्ध सुदृढीकरणमा करिब २५ वर्षदेखि निरन्तर कार्यरत जोशी विभिन्न अन्तर्राष्ट्रिय भ्रमणमार्फत विकासका अनुभव नेपालमा प्रयोग गर्नुपर्ने धारणा राख्दै आएका छन्।
उनले अमेरिका, क्यानडा, जापान, टर्की, चीन, हङकङ, मलेसिया, मेक्सिको, श्रीलंका, भारत र अस्ट्रेलिया लगायत देशहरूको भ्रमण गरिसकेका छन्।राजनीति र समाजसेवाका अतिरिक्त जोशी साहित्यिक तथा बौद्धिक क्षेत्रमा पनि सक्रिय छन्। ‘दिव्य दृष्टि र दृष्टान्त’ लगायतका पुस्तक प्रकाशन गरी राष्ट्रियता,लोकतन्त्र र समाजप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।जोशीले समाजसेवा र राष्ट्रप्रतिको योगदानस्वरूप ‘प्रबल गोरखा दक्षिण बाहु,प्रबल जनसेवा श्रीमान पदवी,गणेशमान राष्ट्रिय वन पुरस्कार,महात्मा गान्धी एसिया पिस अवार्ड लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।स्थानीयवासी र राजनीतिक विश्लेषकहरूका अनुसार पदमराज जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेमा डोटी जिल्लाको समग्र विकासमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास गरिएको छ।पार्टीभित्र पनि योग्य,इमानदार र जनविश्वास प्राप्त नेताको रूपमा उनको नाम सिफारिस हुँदै आएको छ। डोटी जिल्लाको समुन्नत विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर सक्रिय पदमराज जोशी आज डोटीको राजनीतिक भविष्यका लागि आशावादी नेताका रूपमा उभिँदै गएका छन्।