अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दीर्घकालीन तथा स्थायी सम्झौता गर्न चाहेको बताएका छन्।
नोभेम्बर २१ मा Fox News सँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानलाई भविष्यमा आणविक हतियार बनाउनबाट रोक्ने गरी स्थायी सम्झौता गर्ने आफ्नो चाहना व्यक्त गरेका हुन्।
उनले अमेरिकामा भविष्यमा कमजोर राष्ट्रपति आए पनि इरानले आणविक हतियार प्राप्त गर्न नसक्ने गरी सम्झौता गर्न चाहेको बताएका छन्।
ट्रम्पले इरानी नेतृत्वसँग वार्ता गर्न कठिन भइरहेको उल्लेख गर्दै यसअघि भएका सहमति इरानले पालना नगरेको आरोपसमेत लगाए।
यसैबीच, इरान र अमेरिकाबीच सैन्य तनाव जारी छ। इरानले अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेको समाचार पनि सार्वजनिक भएको छ।
यद्यपि, ट्रम्पको पछिल्लो अभिव्यक्तिले युद्धको तनावबीच कूटनीतिक सम्झौताको सम्भावनालाई पुनः चर्चामा ल्याएको छ।