नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेर इन्टर्न डाक्टरको ज्यान गयो

स्वास्थ्य

विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको ज्यान गएको छ।

आइतबार बिहान करिब ६:३० बजे कलेजको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई तत्काल उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका–९ का स्थायी बासिन्दा यादव एमबीबीएस अध्ययनरत इन्टर्न डाक्टर थिए। घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।