पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, साउन ३२ गते सजाय निर्धारण
काठमाडौं — मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहरिएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बुधबार उनलाई दोषी ठहर गर्दै साउन ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको हो।
राजेश अहिराज २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनी पदमुक्त भएका थिए।
अहिराज पत्रकार तथा मधेशवादी अभियन्ताका रूपमा पनि परिचित छन्। उनी मधेशवाणी साप्ताहिकका सम्पादक/प्रकाशक रहिसकेका छन् भने मधेश आन्दोलन र मधेशवाद विषयमा पीएचडी गरेका छन्।