सुर्खेतमा महिला कर्मचारीको रहस्यमय मृत्यु : नायब सुब्बा पक्राउ, ब्ल्याकमेलको आशंकामा अनुसन्धान

अपराध

सुर्खेतमा एक महिला कर्मचारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बिसीलाई पक्राउ गरेको छ। प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ब्ल्याकमेलको आशंकासहित विभिन्न कोणबाट घटनाको छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।