रोमानियाको पूर्वी सहर बाकाउ (Bacău) मा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ। आइतबार बिहान करिब ३:२१ बजे चिमिएई (Chimiei) सडक नजिकको रेलमार्गमा हिँडिरहेका बेला उनीहरूलाई रेलले ठक्कर दिएको हो।
बाकाउ आपतकालीन अवस्था निरीक्षणालय (ISU) का अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ एम्बुलेन्स, उद्धार टोली र स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए। तर उनीहरू पुग्दा दुवै नेपालीको घटनास्थलमै मृत्यु भइसकेको थियो।
मृतकहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।
घटनाबारे रोमानियाको प्रहरी र सम्बन्धित रेल प्रशासनले अनुसन्धान सुरु गरेका छन्।