काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को मध्यरातमा आएको फेसबुक स्टाटसमाथि टिप्पणी गर्दै उनीमाथि सत्ता त्यागका लागि दबाब बढिरहेको बताएका छन्।
बालेनले ‘केही समय लाग्छ, सही समय आउनलाई… कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै स्टाटस लेखेका थिए।
त्यसको प्रतिक्रिया दिँदै बस्नेतले उक्त अभिव्यक्तिले बालेनमाथि दबाब बढेको र आफ्ना निर्णय तथा कार्यशैलीलाई सही सावित गर्नुपर्ने अवस्था देखिएको बताएका हुन्।
बस्नेतले जनताले आश्वासनभन्दा आफ्ना समस्या समाधान भएको र वास्तविक परिवर्तन देख्न चाहेको उल्लेख गर्दै ‘काम, व्यवहार र परिणाम नै नेतृत्वको असली मापदण्ड’ भएको बताएका छन्।
उनले जनमतबाट सत्तामा पुगेपछि जनताका प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने भन्दै लेखेका छन्, ‘स्टाटसले होइन, इतिहासले फैसला गर्नेछ—को सही थियो, को गलत।’