कालीकोटको पताँला गाउँपालिका–९, थिर्पुस्थित पताँला अस्पतालमा भिडियो गेम खेल्न नदिएको भन्दै स्थानीयले डाक्टर र नर्समाथि कुटपिट गरेका छन्।
शुक्रबार दिउँसो करिब १ः५० बजे अस्पतालको ओपीडी अगाडि मोबाइलमा भिडियो गेम खेलिरहेका दुई किशोरलाई बाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद भएको थियो। त्यसक्रममा किशोर, उनीहरूकी आमा मैना बमसहित अन्य स्थानीयले मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।
आक्रमणबाट नर्स गिरीको पिठ्यु, निधार र अनुहार तथा डा. अलीको आँखाको डिलमा चोट लागेको छ। घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै डा. अलीले इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।