निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे सार्वजनिक लेखा समितिमा जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले असन्तुष्टि जनाएका छन्।
समितिमा आफूहरूमाथि ‘हुर्मत लिने’ किसिमको व्यवहार भएको भन्दै कार्कीले छलफलको शैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले आफूलाई यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि जस्तो महसुस भएको बताए।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
पोसाक खरिदमा अनियमितता भएको उजुरी परेपछि सार्वजनिक लेखा समितिले सम्बन्धित अधिकारीहरूसँग स्पष्टीकरण लिएको हो।