जापानको तोचिगी प्रान्तस्थित शिन–कानुमा स्टेसनमा एक्सप्रेस रेलले रेलमार्गमा काम गरिरहेका चार जना कामदारलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको छ। घटना बिहीबार बिहान करिब १०ः४५ बजे भएको हो।
प्रहरीका अनुसार मृत्यु हुने चारै जना पुरुष हुन् र उनीहरू ५० तथा ६० वर्ष उमेर समूहका थिए। उनीहरू रेलको ट्र्याकमा झारपात हटाउने काम गरिरहेका बेला स्पासिया एक्स एक्सप्रेस रेलले ठक्कर दिएको थियो।
घटनामा संलग्न रेलमा करिब ५० यात्रु रहे पनि यात्रु तथा चालक दलका कुनै सदस्य घाइते भएका छैनन्। सोही काममा खटिएका अन्य तीन जना कामदार भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।