२० वर्षको अन्तर्राष्ट्रिय अनुभवपछि काठमाडौं बाहिर रोबोटिक सर्जरी सुरु गर्दै डा. प्रतीकमान

बेलायत र अमेरिकामा दुई दशकभन्दा बढी समय युरोलोजी तथा रोबोटिक सर्जरीमा काम र प्रशिक्षण लिएपछि नेपाल फर्किएका डा. प्रतीकमानसिंह गुरुङले काठमाडौं बाहिर रोबोटिक सर्जरी सेवा विस्तार गरेका छन्। १६ वर्षको उमेरमै छात्रवृत्तिमा लन्डन पुगेका डा. गुरुङले छात्रवृत्तिमै एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन पूरा गरेका थिए। बेलायत र अमेरिकामा लामो समय विशेषज्ञका रूपमा काम गरेपछि उनी पाँच वर्षअघि […]

Continue Reading

खोटाङमा काठले किच्दा ३५ वर्षीय युवकको मृत्यु

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा काठ लोड गर्ने क्रममा काठले किचेर ३५ वर्षीय लिला मगरको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ बजे ट्याक्टरमा उत्तिसका मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर लडेका मगरलाई काठले किचेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि ट्याक्टर र चालक १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading

कारागार सुधारमा सरकार गम्भीर छ : गृहमन्त्री गुरुङ

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले कारागार सुधार तथा कैदीबन्दीको मानव अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार र हिरासतको अवस्थाबारे संसदीय समितिले दिएका सुझावलाई व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार देशभरका कारागारको क्षमता करिब १९ हजार भए पनि अहिले झन्डै २८ हजार कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी […]

Continue Reading

हुम्लामा ५२ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद

प्रहरीले नाम्खा गाउँपालिका–२ नावलथाङबाट करिब ५२ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बडवाइजर बरामद गरिएको हो। यसको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको […]

Continue Reading

झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, तीन जनाको मृत्यु

रौतहटबाट भारतको झारखण्डस्थित धार्मिक स्थलको दर्शन गरेर फर्किँदै गरेको नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिकै बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये १० वर्षीय शिवम कुमारको पहिचान खुलेको छ। मृत्यु भएका अन्य दुई […]

Continue Reading

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारियो

काठमाडौं — बुधबार पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमा थुनुवाको चाप बढेकाले अनुसन्धान तथा मुद्दा अभियोजनको प्रक्रियालाई सहज बनाउन श्रेष्ठलाई बिहीबार साँझ महाराजगञ्ज सारिएको हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठसँग भेटघाट गर्न चाहने […]

Continue Reading

धवलशमशेर र प्रसाईं अलग्गिए, अब छुट्टाछुट्टै पार्टी बनाउँदै

काठमाडौं — नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्यको तयारीमा रहेका धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच सहमति जुट्न नसकेपछि उनीहरू छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने तयारीमा पुगेका छन्। राणा र प्रसाईंले यसअघि संयुक्त रूपमा ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए। तर पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा अन्य राजनीतिक विषयमा सहमति हुन नसकेपछि सहकार्य टुंगिएको हो। राणाले शुक्रबार ‘जय […]

Continue Reading

हुथी आक्रमणको जोखिम बढेपछि साउदीको लाल सागर हुँदै तेल निर्यातमा गोपनीयता

रियाद — यमनका हुथी विद्रोहीबाट साउदी अरबका तेल ट्यांकर तथा पूर्वाधारमाथि आक्रमणको जोखिम बढेपछि साउदी अरबले लाल सागर हुँदै गर्ने कच्चा तेल निर्यातलाई थप गोप्य बनाउन थालेको छ। रिपोर्टअनुसार, साउदी अरबको यान्बु बन्दरगाहबाट तेल बोकेर जाने केही ट्यांकरले आफ्नो स्थान देखाउने स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गर्न थालेका छन्। यसले समुद्री मार्गमा जहाजको वास्तविक आवागमन पहिचान […]

Continue Reading

शेरबहादुर देउवा आज काठमाडौं फर्किँदै

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार काठमाडौं फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बैंकक हुँदै थाई एयरलाइन्सको उडानबाट दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रहरीका अनुसार विमानस्थलको गोल्डेनगेटदेखि महाराजगञ्जस्थित निवाससम्म देउवालाई सुरक्षा ‘एस्कर्ट’ दिइनेछ। प्रहरीले उनको धरपकड गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। […]

Continue Reading

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न पत्रकारहरूको माग

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयमा पक्राउ परेपछि पत्रकारिता क्षेत्र आन्दोलित बनेको छ। नख्खुस्थित निवासबाट पक्राउ गरिएका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ। उनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाललगायतका पत्रकार तथा सञ्चारकर्मीले प्रहरी परिसर पुगेर प्रदर्शन गरेका छन्। पत्रकारहरूले समाचारप्रति असहमति भए कानुनी तथा प्रेससम्बन्धी […]

Continue Reading