५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकको बिलमा आजदेखि ५% भ्याट लागू

राजनीति

काठमाडौं, — नेपाल विद्युत प्राधिकरणले आज (शुक्रबार)देखि मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकको विद्युत महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।

प्राधिकरणका अनुसार नयाँ व्यवस्था कार्यान्वयनका लागि बिलिङ प्रणाली अद्यावधिक गरिसकिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले गरेको व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको विद्युत महसुलमा भ्याट लाग्ने छैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत खपत गर्ने ग्राहकले ५० युनिटभन्दा माथिको विद्युत महसुलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।

यस व्यवस्थाअनुसार मासिक ५० युनिट वा सोभन्दा कम विद्युत प्रयोग गर्ने उपभोक्ता अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। नेपाल विद्युत प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत खपत गर्ने घरायसी ग्राहकको संख्या ३० लाखभन्दा बढी रहेको छ।