काठमाडौं, साउन १७ — निर्देशक कपिल रिजालको चलचित्र ‘गौँथली’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ।
चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन्। अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने सिम्रन बुहारीको भूमिकामा देखिएकी छन्।
यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा र सन्जोग रसाइलीलगायत कलाकारको पनि अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको निर्देशन कपिल रिजालले गरेका हुन्। चलचित्रको पटकथा तथा संवाद निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका छन्।