नेप्से ४१.७० अंकले उकालो, कारोबार ५ अर्ब ५१ करोड; एभरेष्ट कलर र रिड्ज लाइन इनर्जीमा उच्च वृद्धि

सेयर मार्केट्स

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले वृद्धि हुँदै २,७१९.२४ विन्दुमा पुगेको हो।

यस दिन ३४३ वटा कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

बजारमा हरियाली छाउँदा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक १४.९७ प्रतिशतले बढ्यो। रिड्ज लाइन इनर्जीको सेयर १४.६४ प्रतिशतले वृद्धि हुँदा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढ्यो। त्यस्तै, सोलु हाइड्रोपावरको सेयर ९.५६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३१ प्रतिशतले उकालो लाग्यो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको २४ करोड रुपैयाँ, रिडी पावर कम्पनीको २० करोड रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड रुपैयाँ तथा नेसनल हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।