काठमाडौंमा २४ घण्टामा ७५५ चालक ट्राफिक कारबाहीमा

समाचार

काठमाडौंमा २४ घण्टामा ७५५ चालक ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७५५ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १५, राइड सेयरिङ नियम उल्लंघन गर्ने ५२, रातोबत्ती उल्लंघन गर्ने ४०, तीव्र गतिमा सवारी चलाउने ८३, हर्न निषेध उल्लंघन गर्ने २३, फुटपाथमा सवारी चलाउने २६, अवस्था ठीक नभएको सवारी चलाउने २६, एकतर्फी सडकमा सवारी चलाउने २५ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४६५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।