काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ।
सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैध ठहर गर्दै निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई सदर गरेको थियो। उक्त फैसलापछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षमा कायम भएको थियो।
देउवा पक्षले भने सर्वोच्चको उक्त फैसला कानुन तथा तथ्यका आधारमा त्रुटिपूर्ण रहेको दाबी गर्दै पुनरावलोकनको माग गरेको छ।
देउवा पक्षका एक नेताका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरिएको हो।
अब सर्वोच्च अदालतले उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी पुनरावलोकनका लागि स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ।
।