रौतहट — रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा शुक्रबार बिहान करिब १०ः३० बजे खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
स्थानीय चन्देश्वर साह कलवारकी ४५ वर्षीया श्रीमती रेनुदेवी जयसवालमाथि खुकुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार सोही स्थानका ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि अचानक खुकुरी प्रहार गरेका थिए।
घटनापछि भाग्न खोजेका आरोपीलाई आक्रोशित स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।